काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलीत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुु¥याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताउनुभएको छ ।

५५ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज एक सन्देश दिँदै वर्तमान सरकार सांस्कृतिक रुपान्तरणका माध्यमबाट मानव अधिकारको प्रवर्द्धन एवं संवर्द्धनका लागि दृढताका साथ अगाडि बढने बताउनुभएको हो ।

सबै प्रकारका विभेद विरुद्धको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञातशहीदप्रति प्रधानमन्त्री ओलीले श्रद्धाञ्जलि अर्पण पनि गर्नुभएको छ ।

‘नेपालको एकीकरणलगायत राजनीतिक परिवर्तनका लागि भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली दलितले निभाएको बलिदानीपूूर्ण भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ ।

अन्धविश्वास र अचेतनाबाट लाभ उठाएर गरिने मानवताविरोधी क्रियाकलाप अन्त्य गर्न सामाजिक अभियान चलाउनुपर्ने आवश्यकता पनि प्रधानमन्त्री ओलीले औंल्याउनुभयो । यसअघि विभिन्न चेतनामुलक कार्यक्रम गरेर मनाइने गरिएपनि कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रमहरू भने रोकिएका छन् ।

संयुक्त राष्ट्रसंघले सन् १९६६ मा जातीय विभेद उन्मुलन सम्बन्धी महासन्धी पारित गरेपछि नेपालले सन् १९७१ मा मात्रै त्यसलाई अनुमोदन गरेको थियो ।

सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको तत्कालीन गोरा सरकारले काला जाति माथि दमन गर्न रङ्गभेदी नीति लागू गर्दा काला जातिहरुले विरोध गरेका थिए ।

त्यतिबेला प्रहरीले दमन गर्दा ६९ जना कालाजातिको मृत्यू भएको स्मरणमा अन्तर्रा्ष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया