झुम्का / रामधुनी नगरपालिका अन्तरगत रहेको झुम्का बजार भोली मगंलवार देखी पुर्ण रुपमा बन्द गरिने भएको छ । आज बसेको झुम्का उद्योग वाणिज्य संघको बैठकले मंगलबार देखि अनिश्चितकाल सम्मका लागि बन्द रहने जनाएको छ ।

सोमबार बसेको बैठकले रामधुनी नगरपालिका अन्तरगत रहेको झुम्का बजार पुर्णरुपमा बन्द हुने निर्णय गरेको वाणिज्य संघका महासचिव नविन चौधरीले जानकारी दिएका छन ।

उनले भने नगरपालिकाभित्र रहेका अत्यावश्यक सेवाहरु बैङक,मेडिकल, खाद्यान्य पसल, सागसब्जी पसल बाहेक अन्य सबै व्यापार पसल बन्द गर्ने निर्णय गरेको बताउनु भयो । अत्यावश्यक सेवाहरु बाहेक सबै अनिश्चितकाल सम्मका लागि बन्द रहने वाणिज्य संघ कार्यालयले जनाएको छ । संघको निर्णयलाई कार्यान्वयन गरेर सहयोग पु¥याई दिनुहुन आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया