निशान प्रकृति थारु
झुम्का/ रामधुनी नगरपालिकाले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा–५ का वडाअध्यक्ष डेगराज फुयालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ । मंगलबार बसेको सरोकारबालाहरुको बैठकले कोरोना भाइरस संक्रमण रोक्न व्यवस्थापन समिति गठन गरिएको हो ।
बैठकले रामधुनी नगरपालिका वडा न. ६ मा रहेको इलाका स्वास्थ्य चौकीलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । क्वारेन्टाइनमा १५ बेड को व्यवस्था संगै तोकिएका नगर क्षेत्र भित्र रहेका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्रहरुलाई क्वारेन्टाइन स्थलको रुपमा प्रयोगमा ल्यााउने तयारी अवस्थामा राख्ने जनाएको छ ।
क्वारेन्टाइनमा चाहिने अति आवश्यक स्वास्थ्थ सामाग्री तथा एम्बुलेन्स यातायातको साधन नगरबाट व्यवस्थापन गर्ने समेत निर्णय गरिएको समितिले जनाएको छ ।
नगरक्षेत्र भित्र तत्काल कोरोनाका शंकास्पद व्यक्तिहरु पहिचान भएमा वडा न.६ मा रहेको इलाका स्वास्थ्य चौकीमा राख्ने साथै २४ घण्टा एम्बुलेन्स सेवा क्वारेन्टाइन केन्द्रहरुमा स्वास्थ्थकर्मीको टोलीलाई पहिचालन गर्ने संयोजक फुयालले जानकारी दिए ।

कुनै अपरिचित व्यक्ति वा विदेश लगायत बाहिरबाट आएका छन भने आफना वडा कार्यालयका जनप्रतिनिधिहरुलाई तु–खबर गरी सहयोग गरीदिनुहुन समेत अनुरोध गरेका छन ।

कोरोना जोखिम न्यनिकरण गर्न तथा विपद संग सम्बन्धित कार्यका लागि नगर प्रमुखको निर्देशनमा १० लाख सम्मको खर्च विपद व्यवस्थापन कोष स्थापना गरिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया