काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरलले अहिलेको लडाइ सरकारको मात्र नभएर आम जनताको लडाई भएकाले सरकारले त्यही अनुसारको कदम चालि रहेको बताउनु भएको छ । आज लक डाउनको तेस्रो दिनमा पुग्दा पनि सरकारको निर्देशन मान्ने क्रम नदेखिएकाले सरकार अझै कडाइका साथ जाने बताउनुभएको छ । उहाँले अहिले भएका विरामी सकुशल घर फर्किन दावी गर्नुभएको छ ।

उहाँले सरकारले तिन ठाउँ ल्याव राख्ने र र क्वारेन्टाइन बढाउने तयारी अन्तिम चरण पुर्याएको भन्दै दैनिक उडान गरेर विराटनगर, पोखरा र नेपालगञ्बाट स्वाब ल्याउने टेकुमा परिक्षण गर्ने भन्दै सरकारले सवै भन्दा पहिले नेपाल छिरेकाहरुको संरक्षण गर्ने कुरा सरकारको कर्तव्य भएकाले लकडाउन भरी सवैको परिक्षण गरेने बताउनुभयो ।

कुनै आपत परेको हिसावमा जो जहा जुन देशमा छन् त्यो त्यहिको नागरिक भएर बस्नु उपयुक्त हुने भन्दै भारतबाट यसरी आउनेको परिक्षण गरिने बताउनुभयो । अव आउने आउने नागरिकहरुलाई ठेगाना लिएर कुन प्रदेशमा हो त्यो प्रदेशमा सम्पर्क गरेर मात्र पठाउने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,‘विदेशबाट आएका सवैलाई क्वारेन्टाइनमा बस्नुपर्छ । संक्रमणको लागि सजगता आवस्यकता छ । पहिलेका भन्दा केहि व्यवहारहरुमा सुधार गर्नुपर्छ । राज्यले नेतृत्वदायी समुन्वयको भूमिका खेल्ने हो । लकठडाउ कहिले सम्म जान्छ भन्ने यकिन हैन र यो रहरले गरेको हैन मुलुकको हितका लागि हो । परिस्थिति हेरर सरकार अगाडी बढ्छ । यो अभियानमा नागरिकको सभागिता चाहिन्छ । यो टूगिएको छेन । सम्भावना के हुन्छ । त्यो अवस्थालाइ हेरेर गर्छौ । यो घोषण र संक्रमणको अवस्था हेर्छौ,उहाँले भन्ुभयो’ ।

तपाईको प्रतिक्रिया