काठमडौं । चीनबाट ल्याइएका मेडिकल सामग्री सातै प्रदेशमा पठाइने र परीक्षण थालिने भएको छ । कोरोना परीक्षणका लागि थप पाँचवटा मेसिन पनि ल्याइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शनिबारदेखि प्रदेश १ को धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमूना परीक्षण शुरु भइसकेको छ । प्रदेश २ को जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्मि प्रदेशको धनगढीमा कोरोना भाइरसको नमूना परीक्षण गरिनेछ ।

तपाईको प्रतिक्रिया