इटहरी । राहत भन्दै इटहरीका विपन्न परिवारलाई बाढेको चामल खान उपयुक्त नभएको पाइएको छ । इटहरी सरकारले शनिबार राहत स्वरुप बाढेको चामल कुहिएको भन्दै विपन्न परिवारले दुखेसो गरेका हुन । इटहरीका मेयर द्वारिकलाल चौधरीले आफैले लिएर गएको चामल कुहिएको र ढुङ्गा धेरै भेटिएको पाईएको छ ।

दैनिक ज्यालामजदुरी गर्ने इटहरी १ मुसहर टोलका विपन्न परिवार र इटहरी १७ का स्थानीय बासिन्दालाई जम्मा गरेर कुहिएको चामल वितरण गरेको स्थानीय ब्यवसायी हरि पोखरेलले बताए । स्थानीय सरकारले बाढेको चामलले स्थानीय विरामी समेत भएको बताए । चामल खान उपयुक्त देखिएन अहिले केहिले चामल एकै ठाउँ राखेका छन उनले भने ।

सर्वसाधरणलाई दिएको केहि चामल अहिले हामीले जम्मा गरेर राखेका छौ पोखरेलले फोन सम्पर्कमा भने । खै के चामल दिएका हुन । कुहिएको चामल छ यस्तो चामलले स्थानीयबासीहरुलाई थप असर पर्ने उनको भनाई थियो । हामीले चामलहरुको फोटो खिचेर राखेका छौ पोखरेल भन्छन् । यस्तो चामल त नदिएकै भए हुने पोखरेलले भने ।

राहत बाढ्न जादा ३ सय जना भन्दा बढी भेला गरि चामल वितरण गरेका मेयरले स्वास्थ्य सुरक्षामा ख्याल नगरेको भन्दै चौतर्फी आलोचना भएको थियो । तर मेयरले वितरण गरेको चामल खान योग्य नभएको गुनासो राहत पाएकाहरुले गरेका छन । कोरोना भाईरसको संकमण जोखिम बढेको बेला दैनिक मजदुरी गर्नेको जिवन यापन कठिन भएको भन्दै इटहरी काँग्रेसले इटहरी भरका मजदुर र अति बिपन्न बर्गलाई खाद्यान्न वितरण गर्ने घोषणा गरेको थियो ।

इटहरीका उमेश पोखरेलले दिएको चामल गुणस्तरहिन भएको भन्दै राहतको नाममा यस्तो कार्य रोक्न माग गरे । गरिवले खाने चामल खान योग्य समेत नदेखिएको भन्दै उनले यस विषयमा सम्बन्धीत निकायको ध्यान जानु पर्ने बताएका थिए । गरिवको स्वास्थ्यमा खेलवाड नहोस उनले भने । चामल समेत गुणस्तरहिन र खान योग्य नभएको पाएपछी राहत पाउनेहरु निराश भएका छन ।

तपाईको प्रतिक्रिया