जनकपुरधाम । प्रदेश २ सरकारले घोषणा गरेको राहत राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा भएकाहरुले नपाउने भएका छन् ।
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्न सरकारले गरेको लकडाउनबाट प्रभावित भएकाहरुलाई प्रदेश सरकारले दिने भनेको राहत वितरणमा नयाँ मापदण्ड बनेको हो । जस अनुसार वास्तविक समस्यामा परेका बाहेक अरुलाई राहत नदिन लागिएको हो ।
प्रदेश सरकारको निर्णय अनुसार परिवारका कुनै पनि सदस्यहरु राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा नरहेको अवस्थामा मात्रै राहत पाउने भएका छन् ।
प्रदेश सरकारको निर्दे्शिका अनुसार घरायसी र पारिवारिक कुनै पेशा व्यवसाय नभएको, दैनिक ज्याला मजदुरी गर्नेबाहेक अन्य कुनै आयश्रोत नभएका व्यक्तिहरुलाई मात्र राहत दिइनेछ ।
निर्दे्शिकालाई मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया