विनोद आचार्य ,झुम्का / कोरोना भाईरस (कोभिड–१९) संक्रमित हुन सक्ने जोखिम न्युनिकरण गर्न उदेश्यले गत मङ्गलबारबाट देशभर लगाएको लकडाउनबाट प्रभावित भएका अति विपन्न परिवारहरुलाई रामधुनी नगरपालिकाले खाद्य राहत वितरण गर्ने भएको छ । सदस्यसंख्या हेरी नगरपालिकाले चामल, दाल, नुन, तेल, साबुन बितरण गर्ने भएको हो ।

पहिलो चरणमा नगरका २७ सय जनालाई राहत वितरण गरिने रामधुनी कोभिड–१९ रोकथाम तथा व्यवस्थापन समितिका संयोजक डेगराज फुयालले जानकारी दिनुभयो । फुयालका अनुसार १ देखि २ जनाका परिवारलाई १० किलो चामल, १ किलो दाल, १÷२ (आधि) लिटर तेल, १ किलो नुन, उपलब्ध गराइनेछन् । ३ देखि ४ जनाका परिवारलाई १५ किलो चामल, २ किलो दाल, १÷२ (आधि) लिटर तेल, १ किलो नुन, उपलब्ध गराइनेछन् । ४ देखि माथि संख्यामा रहेको परिवारलाई २० किलो चामल, ३ किलो दाल, आधा लिटर तेल, १ किलो नुन, उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

राहत वितरणकालागी वडाकार्यालयबाट स्थानीय संघ संस्थाको रोहबरमा व्यवस्थित बितरण हुने बताइएको छ । यस विषम परिस्थितिमा नगरवासीमा भईरहेको कठिनाई प्रति नगरपालिका चिन्ति रहेको भन्दै व्यवस्थापनमा जुटिरहेको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया