राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको परीक्षा बोर्डको बैठकले वैशाख २१ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा र वैशाख ८ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गर्ने निर्णय गरेको हो।
‘विद्यार्थी र अभिभावकप्रति पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ,’ बोर्डले मंगलबार निकालेको सूचनामा भनिएको छ, ‘विद्यार्थीले घरमै बसेर स्वअध्ययन तथा परीक्षाको तयारी गर्नुहोला।’

तपाईको प्रतिक्रिया