काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीसँग क्षमायाचाना माग्नुभएको छ । मंगलबार आज देशवासीलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले मुलुकमा ‘लकडाउन’ले परेको असुविधाप्रति क्षमा माग्नुभएको हो।

“तपाईँहरुलाई ‘लकडाउन’ले कति असर गरेको छ । त्यो सहजै थाहा हुन्छ ।” उहाँले सम्बोधनका क्रममा भन्नुभयो, ‘लकडाउन्ले परेको असुविधाप्रति क्षमा चाहन्छु ।’ यस्तै उहाँले सबै देशवासीमा अझै धैर्यता गर्नुपर्ने समेत बाताउनुभएको छ ।

मानव जातिलाई नै यत्ति ठूलो चुनौती दिने कोरोनाविरुद्ध लड्न विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा प्रमाणि भएको भन्दै नेपाल जस्तो मुलुकलाई हम्मेहम्मे पर्नु स्वभाविक नै भएको ताउनुभयो।

नागरिकको जीवन रक्षाभन्दा ठूलो दायित्व सरकारको अरु केही नुहने भन्दै उहाँले बिरामी ओसारपसारको लागि उपयुक्त व्यवस्था मिलाइएको जानकारी बताउनुभयो।

कोरोनाको महामारीसँग जुध्न प्रतिपक्षी दलसहित अन्य विभिन्न राजनीतिक दलले सरकारलाई दिएको साथको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा पनि समझादारी र एकता रहने विश्वस व्यक्त गर्नुभयो।

उहाँले वर्तमान सरकारले भ्रष्टाचार भएको थाहा पाए निर्ममताका साथ कारबाही गर्ने दोहोर्याउनुभयो। ‘वर्तमान सरकारले भ्रष्टाचार भएको थाहा मात्रै पाए पनि निर्ममताका साथ कारबाही गर्छ ।’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ’भ्रष्टाचार नगर्ने र गर्न नदिने सरकारको प्रतिबद्धतालाई यस्ता कुप्रचारले प्रभावित पार्ने छैन, कतै भ्रष्टाचार र अनियमितता देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किञ्चित पछि पर्ने छैन ।’

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रष्टाचारको कुरा उठाएर बेमौसमी बाजा बजाएको प्रधानमन्त्रीको आरोप छ । सामाजिक सञ्जाल र मिडियामा भैरहेका सरकारको आलोचनालाई प्रधानमन्त्री ओलीले कुप्रचार भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आउँदो २ साता नेपालीका लागि थप चुनौतीपूर्ण हुनसक्ने बताउनुभएको छ । ’आउने २ साता हाम्रा लागि थप चुनौतीपूर्ण हुनसक्छ । यो थप संक्रमण देखिन सक्ने अवधि मात्र होइन समुदायमा संक्रमण फैलिने जोखिमको अवधि पनि हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ’आउने केही हप्ता केही साह्रोरगाह्रो सहँदा जीवन रक्षा गर्न सकिन्छ ।’

संकटको कालो बादल अवश्य हटेर जाने विश्वास पनि प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया