रामधुनी । विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरस कोभिड १९ का कारण विपन्न परिवारलाई समस्या भएको भन्दै झुम्का जेसीज, भुतपूर्व अध्यक्ष क्लब र झुम्का जेसीजले राहत हस्तान्तरण गरेको छ ।

शुक्रबार चामल, दाल, खाने तेल, नुनलगायतका खाद्यान्न रामधुनी नगरपालिकाको राहत व्यवस्थापन कोषमा हस्तान्तरण गरेको हो ।

लकडाउनको समयमा दैनिक ज्याला मजदुर गरी जिविकोपार्जन गर्नेहरुमा दैनिक जीवनयापन कष्टकर बन्दै गएकोले केही भएपनि राहत हुनेगरी खाद्यान्न हस्तान्तरण गरेको झुम्का जेसीज २०२०का अध्यक्ष कुबेरप्रसाद आचार्यले बताए ।

खाद्यान्न अन्तर्गत १५ सय केजी चामल, १५० केजी दाल, ७० लिटर खानेतेल, १०० केजी न्युट्रेला, १५० केजी नुन, १५० वटा साबुन र १० केजी भुजा कोषमा हस्तान्तरण गरेको झुम्का जेसीज २०२०का तालिम संयोजक गोविन्द आचार्यले जानकारी दिए ।

रामधुनी नगरपालिकामा पछिल्लो समय विभिन्न संघसंस्था र व्यक्तिहरुले खाद्यान्न लागयतका राहत हस्तान्तरण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया