इटहरी । प्रदेश १ प्रहरीले लकडाउन कडा बनाउन थालेको छ । भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै प्रदेश एकमा लकडाउनलाई कडा बनाउन थालेको हो ।


कारोना नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी योजना बनाउँदै सर्वसाधरणहरुलाई आवत जावतमा पूर्ण रोक लगाईएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । प्रहरीले पूर्ण निगरानी गर्दै सर्वसाधरणहरुलाई आवतवाजत गरे कडा कारबाहि गर्ने जनाएको छ ।


प्रदेश सरकारले प्रदेश १ का इलाम, झापा, सुनसरी र मोरङको भारतीय सिमाना सुरक्षाकर्मीलाई अर्लट रहन समेत निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया