इनरुवा । सुनसरीको ईनरुवाबाट नक्कली नेपाली नागरीकतासहित दुईजना बंगलादेशी नागरीक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बंगलादेशी नागरीक हायात मियाँ भनिने आसान मियाँ र पावना समशेर भन्ने सिजारोल मल्लिक रहेका छन् ।

बंगलादेशको ट्याङगल जिल्ला घर भएका मियाँ र पावना जिल्ला वतन भएका मल्लिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा मंगलबार सार्वजनिक गरिएको हो । उनीहरु यही कार्तिक १९ गते ईनरुवा नगरपालिका ६ स्थित जमजम होटलबाट शंकास्पद रुपमा बसिरहेको अवस्थामा पक्राउ परेका थिए । पक्राउ परेका बंगलादेशीहरुको साथबाट ३०४५–२५६६ र ३०४५–२८८४ नम्बरको नक्कली नेपाली नागरीकता बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बरामद नागरीकतामा आसान मियाँका पिता पश्चिम कुशाहा–९ ठेगाना भएका इनुस मियाँ र सिजारोल मल्लिकका पश्चिम कुशाहा–४ का सुलेमान मियाँ भएको उल्लेख छ । दुबैलाई जिल्ला अदालत सुनसरीबाट सरकारी छाप दस्खत किर्ते मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया