मोरङ/मोरङको केराबारी–१ पाटिगाँउबाट इलाका प्रहरी कार्यलय केराबारी र सशस्त्र प्रहरी वेस क्याम्प लक्ष्मीमार्गको संयुक्त गस्ती टोलीले गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
गस्ती गर्ने क्रममा केराबारी १ का विष्णु लिम्बु र केरावारी १० का उमेस मल्लीकलाई २ केजी ८०० ग्राम गाँजा सहित पक्राउ गरेको सशस्त्र प्रहरी वेस क्याम्प लक्ष्मीमार्गले जनाएको छ
को १८प ८५४८ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरीएको र पक्राउ परेका व्यक्तिलाई कारवाहिको लागी इलाका प्रहरी कार्यलय केराबारीमा बुझाईएको सशस्त्र प्रहरी वेस क्याम्प लक्ष्मीमार्गले जनाएको छ ।

तपाईको प्रतिक्रिया