इटहरी । इटहरीमा विराट पाथीभरा अस्पतालको बोर्ड राखेर सञ्चालन गरिदै आएको पोलिक्लिनिकमा तालाबन्दी गरिएको छ । इटहरी उपमहानगरपालिकाले बजार अनुगमनको क्रममा तालाबन्दी गरिएको हो ।

कोशी पाथीभरा पोलिक्लिनिकमा तालाबान्दी गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन । अस्पताल सञ्चालन नगरि गैरकानुनी रुपमा अस्पतालको रुपमा सञ्चालन गरेको भन्दै उक्त पोलिक्लिनिकमा तालाबन्दी गरिएको हो ।

उपमहानगरको अनुगमन टोलीले इटहरी मेडिकल हल,सैलुङ मेडिकल हल,पञ्चकोशी हेल्थ सर्भिस,कलस फार्मेसी,अनुगमन गरेको छ । केहि मेडिकलहलहरुमा औषधी विभागमा दर्ता नगरेको खाद्यपुरक सामाग्री बेच्न राखिएको पाईएको औषधी विभागका प्रतिनिधि सरोज सुवेदीले बताएका छन ।

तपाईको प्रतिक्रिया