काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रणमा सरकारले महत्वपूर्ण सफलता हात पारेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विषम परिस्थितिमा पनि सरकारले कोरोना नियन्त्रणमा सफलता हात पारेका बताउनुभएको हो।

मन्त्रालयको एक वर्षको प्रमुख उपलब्धि उल्लेख गर्दै प्रवक्ता गौतमले कोरोना महामारी सुरू भएसँगै स्वास्थ्य क्षेत्रमा रहेका सम्पूर्ण जनशक्तिलाई कोरोना नियन्त्रणमा केन्द्रित गरिएको जानकारी दिनुभयो।

उहाँले परीक्षण क्षमतालाई २५ हजार पुर्‍याएको र अस्पताल बेड लगायत आपूर्ति व्यवस्थापनलाई समेत चुस्त बनाइएको बताउनुभयो। साथै कोरोना नियन्त्रणका लागि मन्त्रालयले ४३ वटा मापदण्ड तथा निर्देशिका तयार गरी कार्यान्वयन गरिएको गौतमले उल्लेख गर्नुभएको छ।

तपाईको प्रतिक्रिया