रामधुनी । कोरोना भाइरसको संक्रमणबाट बुटवलमा २ जनाको मृत्यु भएको छ ।

बुधवार बिहान बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका–११ का ४७ वर्षीय पुरुष र बुटवल १७ मोतिपुरका ८१ वर्षीय पुरुष रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।
अस्पतालका अनुसार मृतकमा उच्च रक्तचापको समस्या थियो ।
दुवै बिरामी भेन्टिलेटरमा उपचाररत थिए ।

तपाईको प्रतिक्रिया