धरान । सामाजिक सुरक्षा भत्ता लिन सास्ती भए पछि ज्येष्ठ नागरिकलाई लक्षित गर्दै माउन्ट मकालु बैंकले छथरको शुक्रबारेमा शाखा कार्यालय स्थापना गरेको छ ।

तेह्रथुमको छथर गाउँपालिकाको पहलमा शाखा कार्यालय स्थापना भएको हो । बैंकको शाखा कार्यालय स्थापना भएपछि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सहज बनेको छ । यस अघि सामाजिक सुरक्षा भत्ता लिनका लागि स्थानीय ज्येष्ठ नागरिकहरू तेह्रथुमको वसन्तपुर जाने गरेका थिए ।

कोरोना महामारीको आक्रान्तका कारण ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन जानसमेत समस्या हुन थालेपछि शाखा कार्यालय स्थापनाका लागि पहल गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए । गाउँमै बैंक स्थापना भएपछि ज्येष्ठ नागरिकलाई भत्ता लिन सहज बनेको तिगेलाले बताए ।

तपाईको प्रतिक्रिया