ओखलढुंगा । ओखलढुंगामा घरको छतबाट लडेर एक बालकको मृत्यु भएको छ ।

मानेभञ्ज्याङ–७ हर्कपुर का प्रदिप कार्कीको दुई बर्षीय छोरा प्रमेश कार्कीको लडेर मृत्यु भएको हो। बुधबार आज विहान आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लड्दा प्रमेश घाइते भएका थिए ।

घाइते प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया