बर्दिया – बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न जानुभएकी मधुवन नगरपालिका ३ की महिलाको बाघको आक्रमणबाट ज्यान गएको हो ।

मधुवनको भगरैया घर भएकी गंगा खत्रीको पाटे बाघको आक्रमणबाट ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।

सम्झना सामुदायिक वन उपभोक्ता समूहको वनमा डालेघाँस काट्ने क्रममा बुधबार साँझ पाटे बाघले उहाँलाई आक्रमण गरेको थियो । पाटे बाघले आक्रमण गरी घिसार्दै लैजाने क्रममा सशस्त्र प्रहरीको बेस क्याम्प नजिक उहाँ मृत भेटिनु भएको हो ।

तपाईको प्रतिक्रिया