धरान । बीपी प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

गढी–४ सुनसरीकी ५५ वर्षीया महिलाको मंगलबार राति ९ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । डा श्रेष्ठका अनुसार ती महिलामा उच्च रक्तचापको पनि समस्या थियो ।

मंगलबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया