काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरीको उद्घाटन गरेकी छन्। बुधबार आयोजित एक समारोहकाबीच राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्।

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनः निर्माणको सुरुआत रानीपोखरीबाटै गरेकी थिइन्। रानीपोखरीको मल्लकालीन शैलीमा नेपाल सरकारले पुनर्निर्माण गरेको हो।

पूनर्निमाणपछि रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन्।

उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले भूकम्पका कारण भएको मानवीय क्षति फिर्ता गर्न नसके पनि भौतिक संरचना भने अझ बलियो गरी निर्माण गर्ने प्रतिवद्धताले मूर्तता पाउँदै गएकोमा आफूलाई खुसी लागेको बताइन्। उनले भूकम्पबाट क्षति भएका बाँकी संरचानले पनि छिट्टै पूर्णत पाउने विश्वास उनले गरिन्।

रानीपोखरीको उद्घाटन लगत्तै राष्ट्रपति भण्डारी दरबार हाइस्कुलको पनि उद्घाटन गरेकी छन्। दरबार हाइस्कुल चीन सरकारको सहयोगमा निर्माण भएको हो। उनले पुनःनिर्माणमा सहयोग पु¥याएकोमा चीन सरकारलाई धन्यवाद समेत दिएकी छन्।

तपाईको प्रतिक्रिया