काठमाडौं । नर्भिक अस्पतालका सञ्चालक एवं लेखक वसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

चौधरीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बुधबार आज बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। आफूलाई केही लक्षण देखिएको र चिकित्सकको सल्लाहअनुसार घरमै आइसोलेसनमा बसेको उनले जानकारी दिए।

चौधरीले पछिल्ला ५ दिनसम्म आफ्नो सम्पर्कमा रहेका सबैलाई चिकित्सक सँग परामर्श लिन चौधरीले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया