सुनसरी । कोसी गाउँपालिका– १ पुरी टोलमा दुई युवालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकहीको टोलीले नेपाल–भारत आवतजावत गर्ने भित्री सडकमा आकस्मिक चेक प्वाइन्ट थापेर सवारी चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कोसी गाउँपालिका– ५ का २२ वर्षीय अशोक यादव र भारतका त्रिवेणी ग्रामपञ्चायतका २२ वर्षीय सन्तोषकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

को।१७प २८१९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर नियन्त्रणमा लिइएको थियो । उनीहरूको साथबाट डाइलक्स डिसी १०० एमएल लेखिएको ३५ बोतल बरामद भएको छ ।

यस्तै, स्पास्मो प्रोक्सिभन प्लस १०८० क्याप्सुल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया