इटहरी । नागरिक समाज इटहरीले सरकारको कोरोना संक्रमित नागरिकहरुको उपचार नगर्ने निर्णय प्रति आपत्ती जनाएको छ । नागरिकको स्वास्थ्य प्रति सरकार गैर जिम्मेवार भएको भन्दै समाजले विरोध कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

जुम बैठक मार्फत पत्रकार सम्मेलन गर्दै नागरिक समाज इटहरीका अध्यक्ष सन्त डुम्जनले सरकारले गैर जिम्मेवार निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।

कोरोना महामारीको कारण देशनै आक्रान्त भईरहेको बेलामा दुई तिहाई सरकारले नागरिकको उपचार गर्न सक्दिन भन्नु लज्जाको विषय भएको नागरिक समाज इटहरीको ठम्याई छ । सरकारले नागरिकको स्वास्थ्य उपचारमा गम्भिर हुदै देशभर निशुल्क रुपमा कोरोना संक्रमितको उपचार गरिनु पर्ने नागरिक समाज इटहरीले माग गरेको हो ।

मुलुक कोभिड १९ को महामारीबाट आक्रान्त भईरहेको र विरामीहरुको संख्या दिन दिनै बढिरहेको बेला नेपाल सरकारले सबै विरामीको उपचार आफै गर्नका लागि निर्देशिका जारी गरेको कुरा प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । विरामीहरु उपचार नपाएर मृत्यु हुन सक्ने भन्दै यस प्रति सरकारले गम्भिरता पूर्वक निर्णय फिर्ता लिन माग गरेको हो ।

संकटको बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनु पर्ने बेलामा भएको उपचार नगर्ने निर्णय अनुचित भएको नागरिक समाज इटहरीले जनाएको छ । महामारीको बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनु पर्ने दायित्वबाट सरकार पछि हट्न नमिल्ने भन्दै विरोध जनाएको हो ।

नागरिक समाज इटहरीका पूर्वअध्यक्षहरु कमलेश पौडेल, डाईनियल सुब्बा,राजेश श्रेष्ठ,डाक्टर बद्रीविशाल पोखरेल लगायतले राज्यले कोरोना संक्रमित विरामीहरुलाई उपचार गर्ने सक्दैनौ भन्नु नमिल्ने बताएका हुन ।

तपाईको प्रतिक्रिया