काठमाण्डौ – नेपालमा कोरोना भाइरस सङ्क्रमण भएपछि निको हुनेको सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २१५ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या १ लाख २ हजार ८२० पुगेको हो ।

त्यस्ने कोभिड–१९ ९कोरोना भाइरस का सङ्क्रमितको सङ्ख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ६३७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १५ हजार दुई सय ५५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा ४४ हजार ८७७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ३ हजार ७५१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया