काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार तीन देशका लागि राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपतिले आज बेल्जियमको लागि गोहेन्द्र राजभण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गरेकी हुन्।

तीन जना राजदूतको नाम केही दिनअघि सरकारले सिफारिस गरेको थियो। उनीहरूको सम्बन्धित देशबाट एग्रिमो आएपछि आज राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन्।

तपाईको प्रतिक्रिया