विराटनगर । भारतको जोगवनी बजार नजिकै एक नेपाली युवा मृत फेला परेका छन्। बिहीबार बिहान मृत फेला परेका युवकको पहिचान भने खुल्न बाँकी छ।

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर–१६ दक्षिण गेटबाट लगभग सय मिटर पर भारततर्फ शव भेटिएको हो। युवकको हत्या भएको आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले सीमा क्षेत्रको दशगजा नजिकै भारतीय भूमिमा अन्दाजी २५र२६ वर्षीय युवाको शव फेला परेको पुष्टि गरे।

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार मृतक युवा लागुऔषधका सेवनकर्ता हुन्। मृत भेटिएका युवाको मुख र कानबाट रगत बगिरहेको छ भने शरीरका केही भागमा निलडाम पनि छ। त्यही आधारमा प्रहरीले घटना हत्या पनि भएको हुनसक्ने आशंका गरेको हो।

भारतमा शव भेटिएका कारण घटनाको अनुसन्धान र कानुनी प्रक्रिया भारतीय प्रहरीले गर्ने भएको छ। भारतीय प्रहरीले घटनास्थलबाट उठाएर शव पोस्टमार्टमका लागि लगेको छ।

तपाईको प्रतिक्रिया