काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ ।

बिहीबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्तकुमार गोयलले प्रचण्डसँग भेट गरे भनेर समाचार लेख्नु भ्रम भएको बताउनुभएको हो ।

सापकोटाले मिडियाले यस्तो संवेदनशील विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता भ्रम र कपोकल्पित समाचारका पछाडि नलाग्न आग्रहसमेत गर्नुभयो ।

केही अनलाइन मिडियामा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको सापकोटाले जारि गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया