काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा सहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले लिम्पियाधुरा नसमेटिएको नक्सा प्रयोग गर्नुभएको हो ।

प्रधानमन्त्रीले दसैँको शुभकामना दिनका लागि प्रयोग भएको तस्बिरमा नेपालको निशान छाप अंकित गरिएको छ तर उक्त छापमा रहेको नेपालको नक्सामा हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग समेटिएको पाइएको छैन ।

प्रधानमन्त्रीले नै लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रयोग गरेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले गम्भीर विमति प्रकट गरेको छ । कांग्रेसले देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेको छ ।

लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौँ सम्माननीय प्रधानमन्त्री ज्यू’, प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया