धरान । आजदेखि पूर्णरूपमा नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापन रहित क्लिनफिड लागू गरिएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी विदेशी च्यालन विज्ञापनरहित बनाइएको हो ।

नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गतेसम्म तोकिएको थियो । २०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । अब देशभरिका विदेशी च्यानल ग्राहकले हेर्न पाउने छैनन् ।

कानूनअनुसार भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेको कात्तिक ७ देखि क्लिनफिडको नीति कार्यान्वयन हुने अवधि तोकिएको थियो ।

तपाईको प्रतिक्रिया