विराटनगर । विराटनगरको नोबेल अस्पतालमा शनिबार आज विहान सुनसरी र इलामका एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नोबेल मेडिकल कलेज प्रबन्धक नारायण दाहालका अनुसार सुनसरीको गढी गाउँपालिका– ९ घर भएका ३८ वर्षीय पुरुष र इलाम – २ घर भएकी ५९ वर्षीय महिलाको मृत्यु भएको हो ।

सुनसरीका ३८ वर्षीय युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको हो । मृतक युवक ३ कात्तिकमा नोबेलमा भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । ती पुरुषमा निमोनियाको समस्या पनि थियो ।

त्यस्तै इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि ४ कात्तिकमा कलेजमा भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । महिलाको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया