विराटनगर । मोरङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मोरङको कानेपोखरी जंगलमा पर्ने सडकमा शनिबार साँझ नम्बर नखुलेको सवारी साधनको ठक्करबाट करिब ६० वर्षीय पुरुषको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मंगलबारे अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । उनको नाम थर, ठेगाना खुलेको छैन ।

ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले पहिचान तथा खोजी कार्य गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया