धरान । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

वीपी प्रतिष्ठानमा उपचाररत धरान –१७ कि ६२ वर्षकी महिलाको शनिबार दिउँसो ३ बजे मृत्‍यु भएको हो ।
असोज २० गते कोरोना संक्रमण भई कात्तिक ७ गते भर्ना भएकी उनमा मिर्गौलासम्बन्धी समस्या रहेको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया