रंगेली । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार बिहान मेयर बगडीयालाई संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बगडीयाले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परिक्षण गराएका थिए । सोमबार पोजेटिभ रिपोर्ट आएको हो ।

कोरोना पुष्टी भएपछि उनी होम आईसोलेसनमा बसेका छन् । मेयरले आफुलाई सामान्य जिउ दुख्ने र खोकी लाग्ने समस्या रहेको बताए ।

तपाईको प्रतिक्रिया