विराटनगर। कोरोना सङ्क्रमणका कारण मङ्गलबार एकै दिन दुई सय २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय २५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ८४ पुगेको छ ।

यसैगरी, आज नौ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २१ हजार तीन सय १६ परीक्षण गर्दा नौ हजार चार सय ४३ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा २० हजार पाँच सय ९६ पिसिआर तथा सात २० एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यससँगै २६ लाख ७२ हजार सात सय २६ जनाको परीक्षण गरिसकिएको मन्त्रालयले जनाएको छ ।

आज थप पाँच हजार दुई सय २५ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या तीन लाख १२ हजार १९ पुगेको छ ।

तपाईको प्रतिक्रिया