मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका ५ तीनपैनी स्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना भएको छ ।

मंगलबार (आज) बिहान साढे ९ बजे को १ ह ७५५८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सफारीमा सवार रहेकी सोही स्थान बस्ने रुद्र खड्काको छोरी ५ बर्षीय बालिका रबिना खड्काको ज्यान गएको हो ।

दुर्घटनाबाट घाइते भएकी बालिकाको धरान घोपामा उपचारको क्रममा दिउसो ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सिटी सफारी र चालक सोही स्थानका हरि नारायण चौधरी प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया