काठमाडौं । नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बुधबार(आज) थप ९ हजार ३सय ५ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा देशभर २० हजार ३ सय ६२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १ सय ६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४ सय ४४ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया