काठमाण्डौ । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिङ्कका एक जना सञ्‍चालक विजय जलानको कोरोना संक्रमणका कारण निधन भएको छ।

दुई सातादेखि ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचाररत उनको बिहीबार (आज) बिहान निधन भएको हो।

४७ वर्षका जलानको निधनको पुष्टि मेडिसिटी अस्पताल व्यवस्थापनले पुष्टि गरेको छ। जलान वर्ल्ड लिङ्कमा तीन सञ्चालकमध्ये एक हुन्। वर्ल्ड लिंक स्थापनादेखि नै जलान व्यवस्थापकीय भूमिकामा आवद्ध थिए।

तपाईको प्रतिक्रिया