विराटनगर । विराटनगरको कोशी अस्पतालले आफ्नै भवनमा ६१ शय्याको कोभिड अस्पताल संचालनमा ल्याउने भएको छ ।

कडा लक्षण भएका कोरोना संक्रमित बढेर अस्पतालको शय्या भरिएर बिरामीले उपचार पाउन छोडे पछि कोशी अस्पतालले कोभिडको उपचार थाल्न लागेको हो ।

भेन्टिलेटरसहितको ६१ शय्याको कोभिड उपचार शुरु गर्न लागिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए । अस्पताल प्रशासनको तयारीअनुसार ५ शय्याको भेन्टिलेटर, २४ शय्याको एचडीयू, ३२ अक्सिजनसहितको शय्या सञ्चालन हुने बताइएको छ ।

्कोभिड उपचारका लागि आवश्यक सबै संरचना निर्माण पुरा भएकाले शुक्रबार वा ढिलोमा आइतबार सम्ममा उपचार शुरु गर्नेगरी तयारी भएको दासले बताए ।

तपाईको प्रतिक्रिया