काठमाडौं । हास्य कलाकार शिवहरि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनको अहिले नैकापस्थित एपीअफ हस्पिटलमामा उपचार भइरहेको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनको अक्सिजनको सहयोगमा उपचार भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया