ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ–२ की ९४ वर्षीया वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

वृद्धाको शुक्रबार मृत्यु भएपछि जिल्ला अस्पतालको टोलीले घरमै पुगेर एन्टिजेन परीक्षण गरेको थियो । वृद्धामा केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या थियो । वृद्धाको शुक्रबारै काबेली घाटमा अन्त्येष्टि गरिएको जनाइएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परिवारले अन्त्येष्टि गरेका हुन् ।

तपाईको प्रतिक्रिया