सुनसरी । विश्व भरी तिव्र रुपले फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गरि जिल्लाका प्रमुख सहरहरूमा आजबाट सेना परिचालन गरेको छ। जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार सेना परिचालन गरिएको हो ।

कोभिड(१९ का सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक बढेपछि जेठ १५ गतेसम्म सुनसरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै सेना परिचालन गरिएको हो ।

तपाईको प्रतिक्रिया