सुनसरी । इटहरी–२० तरहरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

केही दिन अघि गरिएको पीसीआर परीक्षणमा महिलाको रिपोर्ट शनिबार पोजेटिभ आएको र उनको शनिबार राति नै मृत्यु भएको जनाइएको छ । तरहराको मुनाल टोलकी ७४ बर्षीया महिलाको मृत्यु भएको हो ।

यो सँगै तरहरामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

तपाईको प्रतिक्रिया