रामधुनी । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि उनको विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो। उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको अर्जुनधारा नगरपालिकाले जनाएको छ।

उनको उपचारकै क्रममा सोमबार बिएन्डसी अस्पतालमा निधन भएको हो। खाम्याहाङलाई वैशाख १७ गते थप उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो।

तपाईको प्रतिक्रिया