काठमाण्डौ । भारतले कोरोना भाइरविरुद्धको औषधि तयार गरेको दाबी गरेको छ ।

सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन्।

कोरोनाविरूद्धको २– डिओक्सी–डि–गुल्कोज (२–डिजी)नामक औषधी डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसन र डा. रेड्डीज मल्टिनेसनल फर्मास्युटिकल कम्पनीले बनाएको हो।

यो औषधी प्रयोग गरेमा कोरोना भाइरसका संक्रमित छिट्टै निको हुने विश्वास गरिएको छ । साथै, अक्सिजनको निर्भरता पनि लगभग ४० प्रतिशतले कम भएको रक्षामन्त्री सिंहले बताए ।

तपाईको प्रतिक्रिया