सुनसरी । धरानस्थित वीपी प्रतिष्ठानमा उपचारत दुई जना कोरोना संक्रतिमको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार उपचाररत धरान–१७ मा सप्तरी कन्चनपुरका पुरुषको मृत्यु भएको हो । सप्तरी कन्चनपुर ८ का २८ वर्षीय पुरुषको शुक्रबार बिहानमृत्यु भएको हो।

बैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई जेष्ठ ६ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

त्यसैगरी, धरान–१७ का ६५ वर्षीय पुरुषको बिहीबार राती मृत्यु भएको जनाइएको छ । उच्च रक्तचाप र मधुमेहबाट पीडित उनमा जेष्ठ १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई जेष्ठ ६ गते अस्पतालको कोभिड १९ अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो।

तपाईको प्रतिक्रिया