सुनसरी । सप्तकोशी एफएमका स्टेसन मेनेजर चन्द्र न्यौपानेको कोरोना संक्रमणका कारण निधन भएको छ ।

विगत ६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचाररत न्यौपानेको शुक्रबार बिहान ८ः२५ बजेको समयमा निधन भएको विराट शिक्षण अस्पतालले जनाएको छ ।

इटहरी ४ निवासी ५० वर्षिय न्यौपानेलाई कोरोना संक्रमणपछि निमोनिया भएर गत वैशाख २८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको लागि प्लाज्मा तथा रेमडिसिभर समेतको प्रयोग गरिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

व्यवशायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान)का अध्यक्ष तथा नेकपा एमालेका प्रचार विभाग सदस्यसमेत रहेका उनको निधनले सञ्चार क्षेत्रमा क्षती पुगेको सञ्चारकर्मीहरुले सामाजिक सञ्जालमा लेखेका छन् ।

मृतक न्यौपानेका श्रीमती, एक छोरा र छोरी छन् ।

तपाईको प्रतिक्रिया