काठमाडौँ । आइतबार(आज) शेयर बजार २७।१७ अङ्कले बढेर २ हजार ८७०।१८ बिन्दुमा उक्लिएको छ ।

पछिल्लो सातायता घट्दो क्रममा रहेको शेयर बजारले यो साता हरियोले शुरुवात गरे सकारात्मक संंकेत दिए पनि कारोबार रकममा भने सुधार आउन सकेको दैखिदैन ।

आज २२७ ओटा कम्पनीको ८२ हजार ५५ पटकको व्यापारमा २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयर मात्रै खरिदबिक्री भएको छ । यो दिन ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबारको कारोबारमा पाँचओटा समूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । आज हाइड्रो पावर र बैंकिङ समूहले बजारलाई डोर्याएको देखिन्छ । यी समूहका कम्पनीहरूमा लगानीकर्ताहरू आकर्षित हुँदा यी कम्पनीको परिसूचकमा हरियो छाएको छ ।

आजको कारोबार रकममा सर्वाधिक बढी हिस्सा भने नेशनल हाइड्रो पावर कम्पनीको रहेको छ । उक्त कम्पनीको ४० करोड ७० लाख २५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यसैगरी सेन्चुरी कमर्सियल बैंकको पनि ३७ करोड ८३ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया