सुनसरी। आइबार (आज) सुनको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार हुने जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज भने ५ रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया